Posts

Showing posts with the label NPL

एनपीएल इलिमिनेटरमा आज काठमाडौं र चितवन भिड्दै, हार्ने टोलीको यात्रा समाप्त हुने

Image
  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफअन्तर्गत आज इलिमिनेटर खेलमा काठमाडौं गोर्खाज र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न ४:३० बजे सुरु हुनेछ। प्रतियोगितामा टिकिरहन दुवै टोलीलाई जित्नैपर्ने दबाब छ। आजको खेलमा पराजित हुने टोलीको उपाधि यात्रा समाप्त हुनेछ भने विजेता टोलीले फाइनल प्रवेशको सम्भावना कायम राख्दै दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्। काठमाडौंले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको थियो। सुरुवाती तीन खेल लगातार जितेर उत्कृष्ट लयमा देखिएको काठमाडौं पछिल्ला खेलमा भने केही कमजोर बनेको थियो। यता, चितवनले सात खेलबाट तीन जित, तीन हार र एक खेलमा नतिजा नआएपछि सात अंक जोडेको थियो। चितवन आज काठमाडौंलाई हराउँदै उपाधि दौडमा आफूलाई कायम राख्न चाहन्छ। इलिमिनेटरको विजेताले बिहीबार हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो क्वालिफायरमार्फत फाइनल ...

एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Image
  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे सुरु हुने पहिलो क्वालिफायरमा दुवै टोली जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्। लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका लुम्बिनी र सुदूरपश्चिमका लागि आजको खेल फाइनल पुग्ने पहिलो अवसर हो। यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ। लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनी केही बलियो देखिएको छ। दुवै टोलीले समान पाँच खेल जिते पनि सुदूरपश्चिमले दुई खेलमा पराजय बेहोरेको थियो। त्यसैले आजको प्रतिस्पर्धालाई दुवै टोलीका लागि फाइनल यात्राको महत्त्वपूर्ण चुनौतीका रूपमा हेरिएको छ।

जर्ज मन्से सुदूरपश्चिम रोयल्समा अनुबन्ध, एनपीएल प्लेअफ खेल्ने

Image
  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको प्लेअफ चरणलाई लक्षित गर्दै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका अनुभवी ओपनिङ ब्याटर जर्ज मन्सेलाई टोलीमा अनुबन्ध गरेको छ। सुदूरपश्चिमले आज मन्सेलाई बाँकी खेलका लागि टोलीमा भित्र्याएको जानकारी दिएको हो। आक्रामक ब्याटिङका लागि परिचित मन्सेको आगमनले प्लेअफमा टोलीको ब्याटिङ थप मजबुत हुने अपेक्षा गरिएको छ। अन्तर्राष्ट्रिय क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका मन्से टी–२० र एकदिवसीय दुवै प्रारूपका अनुभवी खेलाडी हुन्। उनले सन् २०१९ मा नेदरल्याण्ड्सविरुद्ध मात्र ५६ बलमा अविजित १२७ रन बनाएका थिए। उनको यो प्रदर्शन टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको उत्कृष्ट व्यक्तिगत इनिङ्समध्ये एक हो। त्यस्तै, सन् २०२५ मा नेदरल्याण्ड्सविरुद्ध नै १९१ रन बनाउँदै उनले एकदिवसीय क्रिकेटमा एसोसिएट राष्ट्रका ब्याटरको सर्वाधिक व्यक्तिगत रनको कीर्तिमान कायम गरेका थिए। स्कटल्याण्डका लागि ७९ एकदिवसीय र ८८ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका मन्सेले एकदिवसीयमा तीन शतक र १९ अर्धशतकसहित २ हजार ७७७ रन बनाएका छन्। टी–२० अन्तर्राष्ट्रियमा पनि तीन शतक र १४ अर्धशतकको मद्...

विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा, विराटनगरको यात्रा समाप्त

Image
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ। यससँगै लुम्बिनीले प्लेअफमा स्थान सुरक्षित गर्दा विराटनगरको प्लेअफ यात्रा समाप्त भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। लुम्बिनीको जितमा डार्सी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए। अलि शेखले २७ तथा सन्दीप जोराले अविजित २५ रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। विराटनगरका लागि चरिथा अशलङ्काले सर्वाधिक ६४ रन बनाए। उनले ४३ बलमा ६ छक्का र एक चौका प्रहार गरे। यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन जोडे। बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई तथा रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान एक विकेट लिए। यस नतिजासँगै एनपिएलको प्लेअफ समीकरण पूरा भएको छ। लुम्बिनीसहित सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र चितवन राइनोजले अन्तिम चारमा स्थान बन...

लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा पुग्ने पहिलो टोली, कर्णाली याक्स चार विकेटले पराजित

Image
  काठमाडौं। साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले लिग चरणको एक खेल बाँकी छँदै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो। कर्णाली याक्सले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। लुम्बिनीको जितमा डार्सी सर्टले सर्वाधिक ४६ रनको योगदान दिए। उनले ३४ बलमा ६ चौका र एक छक्का प्रहार गरे। लुम्बिनीले सुरुवातमै खराब प्रदर्शन गर्दै १९ रन जोड्दा तीन विकेट गुमाएको थियो। त्यसपछि डार्सी सर्ट र निरोशन डिक्वेलाले चौथो विकेटका लागि ४१ रनको साझेदारी गर्दै टोलीलाई सम्हाले। डिक्वेलाले १६ रन बनाए भने दिलिप नाथले अविजित २८ रन जोड्दै टोलीलाई जितसम्म पुर्‍याए। कर्णालीका मार्क वाटले चार विकेट लिए पनि टोलीलाई जिताउन सकेनन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली याक्स १९.२ ओभरमा १०५ रनमै समेटिएको थियो। कर्णालीका लागि सोमपाल कामीले सर्वाधिक २८ र हुसेन तलतले २४ रन बनाए। १५ रनमै चार विकेट गु...

तिहार विशेष रैथाने मेला सुरु: स्वदेशी उत्पादन र स्थानीय उद्यमशीलता प्रवर्द्धनमा सरकारको जोड

Image
  काठमाडौं — नेपालीहरूको महान् पर्व तिहारलाई लक्षित गर्दै मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले ‘तिहार विशेष रैथाने मेला’ सञ्चालनमा ल्याएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा काठमाडौंको थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा यो तीनदिने मेला भव्य रूपमा सुरु भएको हो। स्थानीय उत्पादनको बजारीकरण, साना उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र रैथाने बालीको संरक्षण गर्ने दीर्घकालीन लक्ष्यसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष सहजीकरणमा यो मेला आयोजना गरिएको हो। मेलाका मुख्य आकर्षण तथा स्टलहरू मेलामा देशका विभिन्न भागबाट आएका कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमीहरूले आफ्ना उत्पादनहरू प्रदर्शनी तथा बिक्रीका लागि राखेका छन्। यहाँ तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, भाइटीकाका लागि आवश्यक फूल तथा माला, विभिन्न सजावटका सामग्रीहरू स्टलमा राखिएका छन्। यसका साथै, नेपाली परम्परागत पोसाक, हस्तकलाका आकर्षक सामग्री, म...

एनपीएल विजेताले १ करोड ५० लाख रुपैयाँ पाउने

Image
  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि सार्वजनिक गरेको हो। पुरस्कार राशि अनुसार उपविजेताले ५० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुरु भई नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा अघिल्ला दुई संस्करणमा सहभागी भएका आठ टोलीले प्रतिस्पर्धा गर्नेछन्।