Posts

Showing posts with the label Israel

इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

Image
 काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय प्रत्यक्ष वार्ता सुरु भएको छ । अमेरिकी मध्यस्थतामा वासिङ्टन डिसीमा सुरु भएको यस वार्तालाई सन् १९९३ पछिको महत्वपूर्ण कूटनीतिक प्रयास मानिएको छ । वार्तामा लेबनानका तर्फबाट युद्धविरामको प्रस्ताव मुख्य एजेन्डाका रूपमा राखिएको छ भने इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लाहको निशस्त्रीकरणलाई आफ्नो प्रमुख शर्त बनाएको छ । अमेरिकाले यस बैठकलाई ‘खुला र उच्चस्तरीय’ संवादको संज्ञा दिए पनि ठोस नतिजा निस्कनेमा भने आशङ्का व्यक्त गरिएको छ । इरान समर्थित समूह हिजबुल्लाहले यस वार्तालाई ‘व्यर्थ’ भन्दै लेबनानी सरकारलाई तत्काल फिर्ता हुन दबाब दिएको छ । हिजबुल्लाह नेता कासिम नइमले यो वार्ता आफ्नो समूहलाई हतियार त्याग्न लगाउने रणनीतिक चाल मात्र भएको आरोप लगाएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि हिजबुल्लाहले इजरायलमाथि श्रृङ्खलाबद्ध आक्रमण गर्दै आएको छ । इजरायली आक्रमणका कारण लेबनानमा मानवीय सङ्कट चुलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार इजरायली सैन्य कारबाहीमा २ हजार ८० भन्दा बढी लेबनानी नागरिकको मृत्यु भइसकेको छ । इजराय...