नयाँ किसिमको जनआन्दोलनको तयारीमा छु : प्रचण्ड, संविधान परिमार्जन र जनताको अधिकार थप उन्नत बनाउने दाबी
**काठमाडौं ।** नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ किसिमको जनआन्दोलनको तयारीमा रहेको बताएका छन्। उनले वर्तमान विश्व परिस्थिति, नेपालको राजनीतिक अवस्था तथा दक्षिण एसियाको परिवेशलाई ध्यानमा राखेर नयाँ स्वरूपको आन्दोलन अघि बढाउने तयारी गरिरहेको बताएका हुन्। प्रचण्डले आफू वैचारिक रूपमा अर्को एउटा विद्रोहको तयारीमा रहेको उल्लेख गर्दै आगामी आन्दोलन विगतका आन्दोलनभन्दा फरक प्रकृतिको हुने संकेत गरेका छन्। उनका अनुसार उक्त आन्दोलनको मुख्य उद्देश्य जनताको अधिकारलाई थप उन्नत बनाउनु, संविधानलाई समयानुकूल परिमार्जन तथा परिस्कृत गर्नु र जनतालाई अझ बढी अधिकारसम्पन्न बनाउनु हुनेछ। उनले आफ्नो आगामी राजनीतिक तथा वैचारिक अभियानलाई केवल परम्परागत आन्दोलनका रूपमा नबुझ्न आग्रह गर्दै अहिलेको बदलिँदो विश्व परिवेशअनुसार नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन्। प्रचण्डले भने, “विचारको हिसाबले म अर्को एउटा विद्रोहको तयारीमा छु। बुझिराख्नुहोला। नयाँ किसिमले अहिलेको विश्व परिवेश, नेपाल र दक्षिण एसियाको परिवेश सुहाउँदो किसिमले फेरि एकचोटि जनतालाई...