Posts

Showing posts with the label भीमफेदी माइक्रो दुर्घटना

भीमफेदी दुर्घटनामा अवधेशले गुमाए श्रीमती, तीन छोरी र दुई भाइ, गाडीमा ठाउँ नपाएपछि फर्किएका थिए कोठा

Image
  मकवानपुर। छठ पर्व मनाउन सपरिवार गाउँ फर्किने तयारीमा रहेका अवधेश यादवले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनामा श्रीमती, तीन छोरी र दुई भाइ गुमाएका छन्। १४ सिटे हाइसमा ठाउँ नपुगेपछि परिवारका सदस्यलाई गाडीमा पठाएर आफू भोलिपल्ट आउने भन्दै कोठा फर्किएका अवधेशका लागि बुधबार रातिको त्यो बिदाइ जीवनकै सबैभन्दा पीडादायी क्षण बनेको छ। बुधबार राति उनले श्रीमती पुनम, तीन छोरी अनु, दीक्षा र दीपीका तथा दुई भाइ विकेश र सुवोधलाई छठ पर्व मनाउन गाउँ पठाएका थिए। गाडीमा ठाउँ नपाएपछि आफू पछि आउने योजना बनाएका उनलाई बिहीबार बिहान परिवार चढेको गाडी दुर्घटनामा परेको खबर प्राप्त भयो। मकवानपुरको भीमफेदीमा भएको दुर्घटनामा उनकी श्रीमती, तीन छोरी र दुई भाइले ज्यान गुमाए। १४ महिनाका छोरा सुदीप भने घाइते अवस्थामा फेला परेका थिए। बुधबार रातिसम्म एउटै छानामुनि रहेका परिवारका सदस्यलाई भोलिपल्ट अस्पतालमा मृत अवस्थामा भेट्नुपर्ला भन्ने उनले कल्पनासमेत गरेका थिएनन्। परिवारसँगै छठ पर्व मनाउने सपना एकै रातमा चकनाचुर भएपछि उनी अहिले गहिरो शोकमा डुबेका छन्। परिवारका छ सदस्य गुमाएका अवधेश हेटौँडा अस्पताल पर...