विराटनगरलाई हराउँदै लुम्बिनी प्लेअफमा, विराटनगरको यात्रा समाप्त
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत लुम्बिनी लायन्सले विराटनगर किङ्सलाई ४ विकेटले पराजित गरेको छ। यससँगै लुम्बिनीले प्लेअफमा स्थान सुरक्षित गर्दा विराटनगरको प्लेअफ यात्रा समाप्त भएको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १६७ रनको लक्ष्य लुम्बिनीले १९.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो। लुम्बिनीको जितमा डार्सी सर्ट र आसिफ शेखले समान ४५ रन बनाए। अलि शेखले २७ तथा सन्दीप जोराले अविजित २५ रनको योगदान दिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६६ रन बनाएको थियो। विराटनगरका लागि चरिथा अशलङ्काले सर्वाधिक ६४ रन बनाए। उनले ४३ बलमा ६ छक्का र एक चौका प्रहार गरे। यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन जोडे। बलिङतर्फ लुम्बिनीका किशोर महतोले दुई तथा रुबेन ट्रम्पलम्यान र अभिषेक गौतमले समान एक विकेट लिए। यस नतिजासँगै एनपिएलको प्लेअफ समीकरण पूरा भएको छ। लुम्बिनीसहित सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र चितवन राइनोजले अन्तिम चारमा स्थान बन...