Posts

Showing posts from June, 2026

अभ्यासका क्रममा ग्रिनेड विस्फोट : एक सैनिकको मृत्यु, सहसेनानी घाइते

 कैलाली, असार ११ – कैलालीस्थित नेपाली सेनाको तालिम शिक्षालयमा अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय (गोरङ्गे ब्यारेक) मा बिहीबार बिहान अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो। विस्फोटमा गम्भीर घाइते भएका सैनिक हुद्दा हिमालविक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको दाहिने हातको हत्केला उड्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए। घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ। दुवै घाइतेलाई बिहान करिब साढे १० बजे लम्कीस्थित अस्पतालमा पुर्‍याइएको थियो। उपचारकै क्रममा मध्यान्ह करिब १२ बजे बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे नेपाली सेनाले बिहान पौने १० बजे ...

भक्तपुरमा देखियो बर्डफ्लु , ४८ हजार भन्दा बढी कुखुरा नष्ट

भक्तपुर। जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए। बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए। जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए। 

शुक्लाफाँट वन्यजन्तु आरक्षमा कृष्णसारकाे संख्या ३ सय भन्दा बढी

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्या बढेर ३१३ पुगेको छ। संरक्षण कार्यक्रम सुरु भएको करिब डेढ दशकपछि कृष्णसारको संख्या उल्लेखनीय रूपमा वृद्धि भए पनि बढ्दो संख्यासँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको हो।  निकुञ्जको पछिल्लो तथ्यांकअनुसार कृष्णसारका वयस्क भाले ८१, अर्धवयस्क भाले २०, वयस्क पोथी १०२, अर्धवयस्क पोथी २६ र लिंग पहिचान हुन बाँकी ८४ पाठापाठी रहेका निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए। उनका अनुसार संरक्षण कार्यक्रमको सफलतासँगै कृष्णसारको संख्या निरन्तर बढिरहेको छ। “अहिले मुख्य चुनौती व्यवस्थापनको हो”, सूचना अधिकारी वाग्लेले भने, “एउटै क्षेत्रमा धेरै सङ्ख्या हुँदा रोगको जोखिम बढ्ने भएकाले प्राकृतिक बासस्थानमा खुला रूपमा छाड्ने वा अन्य उपयुक्त क्षेत्रमा स्थानान्तरण गर्ने विकल्पबारे विभागले अध्ययन गरिरहेको छ।”   वन तथा वातावरण मन्त्रालयको निर्णयअनुसार शुक्लाफाँटा र बर्दियाको खैरापुर संरक्षण क्षेत्रबाट भाले-पोथीको सन्तुलित अनुपात मिलाएर चितवनमा कृष्णसार पुन:स्थापना गर्ने तयारी...