Posts

Showing posts with the label सुर्खेत प्रहरी

सुर्खेतमा जुवा खेल्ने ५५ जना पक्राउ, १२ लाख ५३ हजार रुपैयाँ बरामद

Image
  सुर्खेत — सुर्खेतमा अवैध रूपमा जुवा खेल्ने तथा सट्टेबाजी गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले ५५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतको नेतृत्वमा गरिएको विशेष प्रहरी कारबाहीका क्रममा वीरेन्द्रनगर नगरपालिकाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन्। प्रहरीका अनुसार वीरेन्द्रनगरका विभिन्न वडामा नगद रकम राखेर हारजित हुने गरी जुवा खेल भइरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले निगरानी तथा अनुसन्धान अघि बढाएको थियो। सोही सूचनाका आधारमा कात्तिक २२ गते राति विभिन्न स्थानमा एकैपटक खानतलासी गरिएको थियो। कारबाहीका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहतका प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको थियो। संयुक्त प्रहरी टोलीले विभिन्न स्थानमा छापा मार्ने क्रममा जुवा खेलिरहेको अवस्थामा ५५ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। १२ लाख ५३ हजार रुपैयाँभन्दा बढी रकम बरामद प्रहरीले पक्राउ परेका व्यक्तिहरूको साथबाट नेपाली तथा भारतीय मुद्रा गरी कुल १२ लाख ५३ हजार ८४५ रुपैयाँ बराबरको नगद रकम बरामद ग...