पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारमुक्त, माला लगाएर खुमलटारस्थित निवासमा फर्किए
**काठमाडौं ।** नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझी कारागारबाट रिहा भएका छन्। ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकका लागि कानुनमा व्यवस्था गरिएको सुविधाअनुसार उनी आज बिहान डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्। कारागारबाट रिहा भएपछि रायमाझी काठमाडौंको खुमलटार हाइटस्थित आफ्नै निवास पुगेका छन्। उनी जेलबाट बाहिरिँदा समर्थक तथा शुभेच्छुकहरूले माला लगाएर स्वागत गरेका थिए। कारागारमुक्त भएपछि उनी आफ्ना शुभेच्छुकहरूसँग भेटघाट गर्दै निवास फर्किएका हुन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहर भएका रायमाझी यसअघि जेल सजाय भुक्तान गरिरहेका थिए। उनीमाथि तोकिएको चार वर्षको कैद सजायमा ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई उपलब्ध हुने कानुनी सुविधाअन्तर्गत २५ प्रतिशत छुट प्रदान गरिएको बताइएको छ। सोही कानुनी व्यवस्थाका आधारमा उनको कैद अवधि घटेपछि उनी कारागारमुक्त भएका हुन्। **रिहा भएपछि पुनः राजनीतिमा फर्किने घोषणा** कारागारमुक्त भएपछि पूर्वउपप्रधानमन्त्री रायमाझीले आफू पुनः सक्र...