Posts

Showing posts with the label Birgunj Custom Office

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो, धान र मकैको आयातमा ठूलो गिरावट

Image
  वीरगञ्ज (पर्सा) — चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा वीरगञ्ज नाका हुँदै हुने खाद्यान्न आयातमा उल्लेख्य कमी आएको छ। वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार साउनदेखि असोजसम्म चामल, मकै, गहुँ, धान, माल्ट, फापर, कोदोलगायत खाद्यान्नको आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ६३ प्रतिशतले घटेको हो। भन्सार कार्यालयका अनुसार चालु आवको पहिलो त्रैमासिकमा कुल ३ करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ९४ लाख एक हजार किलो चामल आयात भएको थियो। यससँगै चामल आयातमा भएको खर्चसमेत ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर ७० करोड रुपैयाँमा झरेको छ। धान आयातमा भने अझ ठूलो गिरावट देखिएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ९१ लाख किलो धान आयात भएकामा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात ...