Posts

Showing posts with the label लक्षमीप्रसाद देवकोटा जन्म जयन्ती

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

Image
काठमाडौं — नेपाली साहित्यका अमर स्रष्टा तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती देश तथा विदेशमा विभिन्न साहित्यिक कार्यक्रम, गोष्ठी र स्रष्टा सम्मान कार्यक्रम आयोजना गरी श्रद्धापूर्वक मनाइएको छ। नेपाली साहित्यमा अतुलनीय योगदान पुर्‍याएका देवकोटाको सम्झनामा हरेक वर्ष कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन नेपाल, भारतका विभिन्न स्थान तथा विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायले जन्मजयन्ती विशेष रूपमा मनाउने गरेका छन्। यस वर्षको जन्मजयन्तीका अवसरमा काठमाडौंको सञ्चारग्रामस्थित महाकवि देवकोटाको सालिकमा विभिन्न साहित्यिक व्यक्तित्व, स्रष्टा तथा साहित्यप्रेमीहरूले माल्यार्पण गर्दै उहाँप्रति श्रद्धा र सम्मान व्यक्त गरेका छन्। यसै अवसरमा विद्यालय, कलेज तथा विभिन्न साहित्यिक संघसंस्थाहरूले परिसंवाद, कविता वाचन र उहाँका कृतिमाथि समीक्षात्मक कार्यक्रमसमेत आयोजना गरेका छन्। # असाधारण प्रतिभाका धनी महाकवि विसं १९६६ साल कात्तिक औँसी अर्थात् लक्ष्मीपूजाका दिन पिता पण्डित तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीका साइँला छोराका रूपमा काठमाडौंको धोबीधारामा जन्मिनुभएका देवकोटा नेपाली साहि...