एनपीएल पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

 


काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ।


कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ः३० बजे सुरु हुने पहिलो क्वालिफायरमा दुवै टोली जित हासिल गर्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।


लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका लुम्बिनी र सुदूरपश्चिमका लागि आजको खेल फाइनल पुग्ने पहिलो अवसर हो। यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ भने पराजित टोलीले दोस्रो क्वालिफायरमार्फत फाइनल पुग्ने अर्को अवसर पाउनेछ।


लिग चरणको प्रदर्शनका आधारमा लुम्बिनी केही बलियो देखिएको छ। दुवै टोलीले समान पाँच खेल जिते पनि सुदूरपश्चिमले दुई खेलमा पराजय बेहोरेको थियो। त्यसैले आजको प्रतिस्पर्धालाई दुवै टोलीका लागि फाइनल यात्राको महत्त्वपूर्ण चुनौतीका रूपमा हेरिएको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी