Posts

Showing posts with the label माैसम खबर

देशभर बदली र वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

Image
 काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा मौसम बदली हुने देखिएको छ। पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहे पनि तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ। सोमबार: कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ। अन्य अधिकांश स्थानमा मौसम सफा रहने सम्भावना छ। मंगलबार: कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्नेछ। बुधबार: देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना छ। बिहीबार र शुक्रबार: देशका धेरै स्थानमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका विभिन्न स्थानमा वर्षा र हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ। केही स्थानमा भारी वर्षा वा हिमपातको सम्भाव...