Posts

Showing posts with the label Rupandehi Police

देउसी–भैलोको नाममा सार्वजनिक स्थानमा अश्लील नृत्य गर्ने पाँच जना पक्राउ, रुपन्देही प्रहरीद्वारा अनुसन्धान जारी

Image
**रुपन्देही **। तिहारको अवसरमा देउसी–भैलो कार्यक्रमको नाममा सार्वजनिक स्थानमा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताविपरीत अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको दुईवटा छुट्टाछुट्टै प्रेस विज्ञप्तिअनुसार जिल्लाका विभिन्न स्थानमा देउसी–भैलो कार्यक्रमका क्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीले सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा उनीहरूमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ। प्रहरीका अनुसार २०८३ कात्तिक २६ गते वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देहीबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७ स्थित कञ्चनबजारबाट तीन जनालाई नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा सल्यान जिल्लाको कपुरकोट गाउँपालिका–४ निवासी २२ वर्षीया पूजा ठकुरी, दाङ जिल्लाको गढवा गाउँपालिका–७ निवासी २३ वर्षीया सपना चौधरी र गुल्मी जिल्लाको सत्यवती गाउँपालिका–६ निवासी २४ वर्षीया विपना मगर रहेका छन्। त्यस्तै, सोही दिन राति करिब १२ः०५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खट...