Posts

Showing posts with the label गाई तिहार

तिहारको चौथो दिन आज गाईपूजा: किन गरिन्छ गौमाताको पूजा र के छ धार्मिक मान्यता?

Image
  काठमाडौँ, २३ कात्तिक — यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज नेपालभर श्रद्धा र भक्तिपूर्वक गाईको पूजाआजा गरी गाईपूजा पर्व मनाइँदैछ। सनातन हिन्दू संस्कृतिमा विशेष स्थान ओगटेको गाईलाई आजका दिन सफासुग्घर गरी माला लगाइदिने, टीका लगाइदिने र मीठा-मीठा परिकार खान दिने परम्परा छ। गौमाताका रूपमा पूजा र सांस्कृतिक मान्यता हिन्दू धर्ममा गाईलाई केवल एक जनावरका रूपमा मात्र नभई 'गौमाता'का रूपमा उच्च सम्मान दिइन्छ। गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो र स्वास्थ्यवर्धक मानिने भएकाले पनि मानव सभ्यतामा गाईको भूमिका अतुलनीय रहँदै आएको छ। धार्मिक अनुष्ठानका अतिरिक्त गाईबाट प्राप्त हुने दूध, दही, घ्यू, गोबर र गहुँत (पञ्चगव्य) लाई वैदिक कार्यहरूमा अत्यन्त पवित्र मानिन्छ। धार्मिक परम्पराअनुसार गाईको पूजा गरी मीठो भोजन गराउनाले पुण्य प्राप्त हुने र घरमा सुख, शान्ति तथा समृद्धि छाउने जनविश्वास छ। नेपालका केही समुदाय तथा क्षेत्रहरूमा कात्तिक कृष्ण औँसीका दिन नै गाईपूजा गर्ने परम्परा रहे पनि शास्त्रीय मान्यताअनुसार औँसीको समाप्ति र प्रतिपदा तिथिको सुरुआतमा गाईपूजा गर्ने विधान छ। वैतरणी नदी तर्ने धार्मि...