Posts

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

 राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसद्‌बाट पारित तीन महत्त्वपूर्ण विधेयकलाई राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको  राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। प्रमाणीकरण गरिएका विधेयकमा विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ छन्। ती सबै विधेयक ३० असार (सोमबार) एकै दिन प्रमाणीकरण गरिएको हो। संघीय संसद्‌को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका यी विधेयकहरू अब कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्। विशेषगरी आगामी आवका लागि आवश्यक बजेट कार्यान्वयन, सरकारी खर्च व्यवस्थापन तथा राजस्व संकलनसँग सम्बन्धित कानुनी आधार तयार भएको मानिएको छ। 

मनसून जन्य रोगको रोकथामका लागि 'प्रतिकार्य अभियान'

काठमाडौँ। सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ को तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ्ने भएकाले रोकथाम र नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’ का तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा अनुज भट्टचनले डेङ्गी, औलो, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाटिक्स, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि ‘प्रतिकार्य अभियान’को तयारी गरिएको बताए।  उनले सङ्घ, प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्याङ्कन गर्ने र जोखिमको स्तरअनुसार तीनै तहबाट प्रतिकार्य गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको जानकारी दिए। “रोगको नियन्त्रणमा पहिले भन्दा धेरै नै प्रगति भएको छ। मनसुनजन्य रोगको क्षति न्यूनीकरण गर्न लागेका छौँ”, उनले भने, “सचेतना अभियान सञ्चालन र रोग लाग्न नदिन विभिन्न उपायबारे छलफल भइरहेको छ।”  राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणला...

सुकुम्बासी समस्या समाधान गर्न आग्रह

काठमाण्डौ |  संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमिहीन तथा सुकुम्बासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। काठमाडौँ उपत्यकाका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुम्बासीका प्रतिनिधिहरुले आज माइतीघर मण्डलामा भेला भएर आफूहरुलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराए। 

२६ वर्षपछि कार्यान्वयनमा आउँदै पशु वधशाला तथा मासु जाँच ऐन

 २६ वर्षअघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढाउन निर्देशन दिएको हो। मन्त्री चौधरीले ऐन बनेको दुई दशकभन्दा बढी समय बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अब कुनै बहानामा ढिलाइ गर्न नसकिने स्पष्ट पारेकी छन् । मन्त्री चौधरीले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले स्वच्छ, गुणस्तरीय र परीक्षण गरिएको मासु मात्र उपभोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न ऐन कार्यान्वयन अपरिहार्य रहेको बताइन् । उनले सर्वोच्च अदालतले समेत ऐन कार्यान्वयनका लागि परमादेश जारी गरिसकेको उल्लेख गर्दै तीनै तहका सरकारले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिइन्।  ‘प्रक्रिया सुरु गरेर तीन महिनाभित्र आवश्यक व्यवस्थापन गर्नुपर्छ। उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्दै ऐन कार्यान्वयन गर्नुपर्छ,’ मन्त्री चौधरीले भनिन् । उनले  स्थानीय तह नै नागरिकस...

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

 काठमाडौँ । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थमन्त्रीको कार्यकक्षमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपालको विकासका लागि एसियाली विकास बैंकका तर्फबाट भएको सहयोग र लगानी परिचालनका लागि अध्यक्ष कान्डालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गरे। अर्थमन्त्री डा.वाग्लेसँगको भेटमा अध्यक्ष कान्डाले नेपालको विकासमा सहकार्य गर्न आफूहरूको उच्च प्राथमिकतामा रहेको बताए।

अभ्यासका क्रममा ग्रिनेड विस्फोट : एक सैनिकको मृत्यु, सहसेनानी घाइते

 कैलाली, असार ११ – कैलालीस्थित नेपाली सेनाको तालिम शिक्षालयमा अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक सैनिकको मृत्यु भएको छ भने एक सहसेनानी घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार लम्कीचुहा नगरपालिका–३ स्थित नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय (गोरङ्गे ब्यारेक) मा बिहीबार बिहान अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो। विस्फोटमा गम्भीर घाइते भएका सैनिक हुद्दा हिमालविक्रम बिष्टको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको दाहिने हातको हत्केला उड्नुका साथै शरीरका विभिन्न भागमा छर्रा लागेर गम्भीर घाइते भएका थिए। घटनामा सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा छर्रा लागेको छ। प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ। उनको अवस्था खतरामुक्त रहेको जनाइएको छ। दुवै घाइतेलाई बिहान करिब साढे १० बजे लम्कीस्थित अस्पतालमा पुर्‍याइएको थियो। उपचारकै क्रममा मध्यान्ह करिब १२ बजे बिष्टको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे नेपाली सेनाले बिहान पौने १० बजे ...

भक्तपुरमा देखियो बर्डफ्लु , ४८ हजार भन्दा बढी कुखुरा नष्ट

भक्तपुर। जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएपछि कुखुरा नष्ट गरिएको छ। बर्डफ्लू रोग कुखुरामा सरेपछि हालसम्म चाँगुनारायण २, ८ र ९ मा पालिएका ३८ हजार ७९५ कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयका पशु चिकित्सक डा अमिक श्रेष्ठले जानकारी दिए। बर्डफ्लु रोगका कारण सुर्यविनायक १, ४ र ८ मा नौ हजार ३७८ कुखराहरू नष्ट गरिएको उनले जानकारी दिए। जिल्लामा ४८ हजार १७३ कुखुरा नष्ट गरेको जानकारी दिँदै उनले बर्डफ्लू रोग कुखुरा फार्ममा फैलिएको पुष्टि भएका फार्मका कुखुरा नष्ट गरिएको बताए।