राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

 राष्ट्रपति रामचन्द्र पौडेलले तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्।


संघीय संसद्‌बाट पारित तीन महत्त्वपूर्ण विधेयकलाई राष्ट्रपति पौडेलले संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको  राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।


प्रमाणीकरण गरिएका विधेयकमा विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र आर्थिक विधेयक, २०८३ छन्। ती सबै विधेयक ३० असार (सोमबार) एकै दिन प्रमाणीकरण गरिएको हो।


संघीय संसद्‌को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका यी विधेयकहरू अब कार्यान्वयनको चरणमा प्रवेश गरेका छन्। विशेषगरी आगामी आवका लागि आवश्यक बजेट कार्यान्वयन, सरकारी खर्च व्यवस्थापन तथा राजस्व संकलनसँग सम्बन्धित कानुनी आधार तयार भएको मानिएको छ। 

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी