यूएईसँग बुढीगण्डकीसहित जलविद्युत्, कृषि र सुरक्षा क्षेत्रमा लगानी प्रस्ताव

 


काठमाडौं । गृहमन्त्री सुदन गुरुङले संयुक्त अरब इमिरेट्स (यूएई) का वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयोदीसँग अबु धाबीमा भेटवार्ता गरेका छन्।


भेटका क्रममा नेपाल र यूएईबीच द्विपक्षीय व्यापार, लगानी तथा आर्थिक सहकार्य विस्तारका विभिन्न विषयमा छलफल भएको गृहमन्त्री गुरुङले जानकारी दिएका छन्।


छलफलका क्रममा गुरुङले बुढीगण्डकी जलविद्युत् आयोजना, कृषि तथा सेवा क्षेत्रका साथै सुरक्षा प्रविधिमा यूएईको लगानी र सहकार्यका लागि प्रस्ताव प्रस्तुत गरेका थिए।


त्यसैगरी, ‘फेसलेस पुलिसिङ’ (Faceless Policing), गैरघातक सुरक्षा उपकरण (Non-lethal Security Gears) को उत्पादन, सुरक्षा निकायको आधुनिकीकरण तथा प्रविधिमैत्री रूपान्तरणका विषयमा समेत विचार आदानप्रदान भएको उनले बताएका छन्।


नेपालले अघि सारेका प्रस्तावित परियोजनाहरूमा सहकार्य गर्न यूएईका मन्त्री अल जेयोदीले सकारात्मक तत्परता देखाएको गुरुङले उल्लेख गरेका छन्। यसलाई नेपाल–यूएईबीच आर्थिक तथा प्राविधिक सहकार्य विस्तारका लागि उत्साहजनक संकेतका रूपमा हेरिएको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी