संरक्षणको पर्खाइमा तनहुँसुर दरबारमा रहेको सेनवंशी राजाको ऐतिहासिक तोप

 



तनहुँ। तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिक तनहुँसुर दरबार परिसरमा रहेको सेनवंशी राजाले प्रयोग गरेको पुरानो तोप संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ।


ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको उक्त तोप उचित संरक्षण र व्यवस्थापन नहुँदा जीर्ण अवस्थामा पुगेको हो। दरबार परिसरमा रहेको तोप अहिले संरक्षणको पर्खाइमा छ।


स्थानीयका अनुसार तनहुँसुर घुम्न आउने पर्यटकले ऐतिहासिक सम्पदाको महत्व बुझेर यसको संरक्षणमा सहयोग गर्न आवश्यक छ। पर्यटकले तोपलाई उचाल्ने, पछार्ने तथा पल्टाउनेजस्ता गतिविधि गर्दा सम्पदामा थप क्षति पुग्न सक्ने भएकाले त्यस्ता कार्य नगर्न आग्रह गरिएको छ।


ऐतिहासिक सम्पदा केवल विगतको पहिचान मात्र नभई भावी पुस्ताका लागि महत्वपूर्ण धरोहरसमेत भएकाले यसको संरक्षणमा सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिएको छ।


तनहुँसुर दरबार क्षेत्रको ऐतिहासिक पहिचान जोगाउन पुरानो तोपलगायतका सम्पदाको उचित संरक्षण, व्यवस्थापन र प्रचारप्रसार आवश्यक रहेको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी