एनभिडियाका सीईओ जेन्सेन हुआङद्वारा राजीनामा, ३३ वर्षे नेतृत्व अन्त्य




सान फ्रान्सिस्को । चिनियाँ जासुसीसँग सम्भावित सम्बन्ध र दुई महिलासँगको विवाहेतर सम्बन्धसम्बन्धी आरोप सार्वजनिक भएपछि अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङले पदबाट राजीनामा दिएको विवरण सार्वजनिक भएको छ।

६३ वर्षीय हुआङको राजीनामासँगै एनभिडियामा उनको ३३ वर्ष लामो नेतृत्व अन्त्य भएको छ। उनले सीईओ पदसँगै सञ्चालक समितिको सदस्यबाट समेत राजीनामा दिएका छन्। उनको स्थानमा कम्पनीकी प्रमुख वित्तीय अधिकारी कोलेट क्रेसले अन्तरिम सीईओको जिम्मेवारी सम्हाल्ने बताइएको छ।

राजीनामाको खबर सार्वजनिक भएपछि एनभिडियाको सेयर मूल्य सुरुवाती कारोबारमा १३ प्रतिशतसम्म घटेको थियो। यससँगै कम्पनीको बजार पुँजीकरणमा करिब ४५ खर्ब अमेरिकी डलर बराबरको गिरावट आएको विवरण सार्वजनिक भएको छ।

सन् २०२२ मा च्याटजीपीटी सार्वजनिक भएपछि तीव्र विस्तार भएको एआई उद्योगमा हुआङ प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित भएका थिए। भिडियो गेमका लागि ग्राफिक्स प्रोसेसर उत्पादनबाट सुरु भएको एनभिडिया अहिले एआई मोडेल निर्माणका लागि आवश्यक अत्याधुनिक चिपको प्रमुख आपूर्तिकर्ता बनेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनौपचारिक सल्लाहकारसमेत रहेका हुआङले चीनमा उन्नत एआई चिप बिक्रीमा लगाइएको अमेरिकी प्रतिबन्धको विरोध गर्दै आएका थिए। विवाद सार्वजनिक भएपछि राष्ट्रपति ट्रम्पले एप्पलका पूर्व प्रमुख टिम कुकलाई एनभिडियाको नेतृत्वका लागि उपयुक्त उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। यसैबीच, कम्पनीको सञ्चालक समितिले सिनोप्सिसका पूर्व प्रमुख हार्वी जोन्सलाई अध्यक्ष नियुक्त गरेको छ।


यसैबीच, ‘द न्युयोर्क टाइम्स’ ले एनभिडियाकी उपाध्यक्ष किम्बर्ली पावेलसँग पनि हुआङको अर्को सम्बन्ध रहेको दाबी गरेको छ। सञ्चालक समितिले हुआङ विदेशी गुप्तचर निकायको निशानामा परेको हुन सक्ने विषयमा अनुसन्धानसमेत सुरु गरेको थियो।

अमेरिका र चीनबीच अत्याधुनिक प्रविधिमा विश्वव्यापी वर्चस्व कायम गर्ने प्रतिस्पर्धा तीव्र भइरहेका बेला यो विवाद सार्वजनिक भएको हो। अमेरिकी सांसदहरूले हुआङ र चिनियाँ गुप्तचर निकायबीच सम्भावित सम्बन्धबारे ट्रम्प प्रशासनसँग स्पष्टीकरण मागेका छन्।

त्यस्तै, मेगास्पिडमार्फत प्रतिबन्धित एनभिडिया प्रविधि चीन पठाइएको हुन सक्ने आशंकासमेत व्यक्त गरिएको छ। यस विषयमा सिङ्गापुरले अमेरिकी न्याय मन्त्रालय र संघीय अनुसन्धान ब्युरो (एफबीआई) सँग पटकपटक जानकारी मागे पनि सीमित सहयोग मात्र प्राप्त भएको जनाएको छ।

स्रोत: रासस/एएफपी

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी