सार्वजनिक बिदामा पनि एनएमबी बैंकका पाँच शाखा खुला रहने




काठमाडौं । एनएमबी बैंकले सार्वजनिक बिदाका दिन पनि ग्राहकलाई अत्यावश्यक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले देशका पाँच प्रदेशमा रहेका आफ्ना शाखा कार्यालयहरू सञ्चालनमा राख्ने भएको छ।


बैंकले एक सूचना जारी गर्दै सोमबार सार्वजनिक बिदा भए पनि ग्राहकको सुविधालाई ध्यानमा राखेर विभिन्न स्थानमा होलिडे काउन्टरमार्फत बैंकिङ सेवा प्रदान गर्ने जनाएको हो।


बैंकका अनुसार कोशी प्रदेशको महेन्द्र चोक, बागमती प्रदेशको महाराजगञ्ज, गण्डकी प्रदेशको अमरसिंह, लुम्बिनी प्रदेशको ट्राफिक चोक (बुटवल) र सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरस्थित शाखा कार्यालय खुला रहनेछन्।


उक्त दिन तोकिएका शाखाहरू बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म सञ्चालन हुने बैंकले जनाएको छ।


यसका साथै बैंकको २४सै घण्टा उपलब्ध हुने कल सेन्टर, कार्ड तथा मोबाइल बैंकिङ सपोर्ट सेवा पनि नियमित रूपमा सञ्चालनमा रहने जानकारी दिएको छ।


सार्वजनिक बिदाका कारण नियमित बैंकिङ सेवा प्रभावित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै बैंकले ग्राहकलाई सहज सेवा उपलब्ध गराउन यस्तो व्यवस्था गरेको हो।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी