काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम एकै दिनमा ३.६ डिग्रीले घट्यो

 


काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियसले घटेको छ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान ५ः४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार सोही समयमा न्यूनतम तापक्रम १२.४ डिग्री सेल्सियस रहेको थियो।


एकै दिनमा न्यूनतम तापक्रममा उल्लेख्य गिरावट आएसँगै उपत्यकामा बिहान र रातिको चिसो बढ्न थालेको छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी