शेख हसिनालाई स्वदेश फर्काउन भारतका दुई सर्त

 



बङ्गलादेश। बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउने विषयमा भारतले बंगलादेश सरकारसमक्ष दुईवटा सर्त अघि सारेको विवरण सार्वजनिक भएको छ।


प्रदर्शनकारीमाथि दमन गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी हसिनाको सुरक्षित फिर्ती र निष्पक्ष कानुनी प्रक्रियाको सुनिश्चितता हुनुपर्ने भारतको माग रहेको बताइएको छ।


१. बंगलादेशी सेनाले नै लिनुपर्ने


भारतले हसिनालाई स्वदेश फर्काउन बंगलादेशले सैनिक विमान दिल्ली पठाउनुपर्ने सर्त राखेको विवरणमा उल्लेख छ। वैकल्पिक रूपमा बंगलादेशी सेनाले भारत–बंगलादेश सीमाको तोकिएको स्थानमा पुगेर उनलाई जिम्मा लिन सक्ने प्रस्तावसमेत गरिएको बताइएको छ।


२. मृत्युदण्डविरुद्ध पुनरावेदनको अवसर दिनुपर्ने


भारतको अर्को सर्त हसिनालाई सुनाइएको मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्ने अवसर सुनिश्चित गर्नुपर्ने रहेको छ।


त्यस्तै, प्रदर्शनकारीको हत्यासम्बन्धी मुद्दामा निष्पक्ष पुनःसुनुवाइ हुनुपर्ने र उक्त कानुनी प्रक्रियामा अन्तर्राष्ट्रिय समुदाय तथा सञ्चारमाध्यमको निगरानी रहनुपर्ने भारतको माग रहेको विवरणमा जनाइएको छ।


यी सर्तमार्फत भारतले हसिनाको स्वदेश फिर्तीअघि उनको सुरक्षा र कानुनी प्रक्रियाको निष्पक्षतामा जोड दिएको देखिन्छ।

Comments

Popular posts from this blog

प्रचण्डको निर्देशन : सडक संघर्षका लागि तयार रहन कार्यकर्तालाई आह्वान

नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइयो

२ लाखको आधा धुर जग्गाका लागि ९ वर्षमा २० लाख खर्च, अझै न्यायको पर्खाइमा बाराका महेन्द्र चौधरी