२७ वर्षदेखि बन्द वीरगन्ज चिनी मिल पुनः सञ्चालनको तयारी
वीरगञ्ज | २७ वर्षदेखि बन्द रहेको वीरगन्ज चिनी मिल पुनः सञ्चालनमा ल्याउन सरकारले प्रक्रिया अघि बढाएको छ। प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले लामो समयदेखि बन्द अवस्थामा रहेको उद्योग सञ्चालनको सम्भावनाबारे अध्ययन गर्न कार्यदल गठन गरेको जनाइएको छ।
सरकारले गठन गरेको कार्यदलले मिलको वर्तमान अवस्था, आवश्यक लगानी, पूर्वाधारको स्थिति तथा पुनः सञ्चालनका सम्भावनाबारे अध्ययन गर्नेछ। अध्ययनका आधारमा मिल सञ्चालनका लागि आवश्यक प्रक्रिया र तयारी अघि बढाइने बताइएको छ।
![]() |
| वीरगञ्ज चिनी उद्योग |
वीरगन्ज चिनी मिल पुनः सञ्चालनमा आए स्थानीय उखु किसानले उत्पादनको बजार पाउने, रोजगारीका अवसर सिर्जना हुने तथा वीरगन्ज क्षेत्रमा औद्योगिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।
लामो समयदेखि बन्द रहेको उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारी योजनाले मूर्त रूप पाएमा वीरगन्जको स्थानीय अर्थतन्त्रसँगै नेपालको औद्योगिक क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। सरकारले यसलाई औद्योगिक पुनरुत्थानको महत्वपूर्ण पहलका रूपमा अघि बढाउने तयारी गरेको जनाएको छ।

Comments
Post a Comment