Posts

डिजिटल रूपान्तरण परियोजनाका लागि नेपाल सरकार र एडीबी बीच ऋण सम्झौता

Image
नेपाल सरकार र एसियाली विकास बैंकबीच डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि $40 million dollars काे सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । यही परियोजनाको लागि पहिले पनि विश्व बैंकसँग $50 million dollars काे ऋण सम्झौता भई सकेको छ। नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच डिजिटल रूपान्तरण परियोजना कार्यान्वयनका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच सो सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा अर्थ सचिव डा घनश्याम उपाध्याय र नेपालका लागि एडीबीका देशीय निर्देशक आर्नों कोश्वाले हस्ताक्षर गरे । यो परियोजना दक्षिण एसियामै पहिलोपटक एडिबी–विश्व बैंकपूर्ण पारस्परिक निर्भरता ढाँचाअन्तर्गत सह–वित्तीय लगानी हुने परियोजना रहेको अर्थ मन्त्रालयले जनाएको छ ।  मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिअनुसार परियोजनामार्फत सरकारी ‘डाटा होस्टिङ’ तथा साइबर सुरक्षा पूर्वाधार सुदृढ गरिनेछ । जसले सरकारी डिजिटल प्रणालीको सुरक्षा र लचिलोपन अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । परियोजनाअन्तर्गत आधुनिक तथा सेवाग्राहीमैत्री सार्वजनिक सेवा प्रवाहका ल...

इजरायल र लेबनानबीच तीन दशकपछि प्रत्यक्ष वार्ता, हिजबुल्लाह असन्तुष्ट

Image
 काठमाडौँ – इजरायल र लेबनानबीच तीन दशकयताकै पहिलो पटक उच्चस्तरीय प्रत्यक्ष वार्ता सुरु भएको छ । अमेरिकी मध्यस्थतामा वासिङ्टन डिसीमा सुरु भएको यस वार्तालाई सन् १९९३ पछिको महत्वपूर्ण कूटनीतिक प्रयास मानिएको छ । वार्तामा लेबनानका तर्फबाट युद्धविरामको प्रस्ताव मुख्य एजेन्डाका रूपमा राखिएको छ भने इजरायलले लेबनानी सशस्त्र समूह हिजबुल्लाहको निशस्त्रीकरणलाई आफ्नो प्रमुख शर्त बनाएको छ । अमेरिकाले यस बैठकलाई ‘खुला र उच्चस्तरीय’ संवादको संज्ञा दिए पनि ठोस नतिजा निस्कनेमा भने आशङ्का व्यक्त गरिएको छ । इरान समर्थित समूह हिजबुल्लाहले यस वार्तालाई ‘व्यर्थ’ भन्दै लेबनानी सरकारलाई तत्काल फिर्ता हुन दबाब दिएको छ । हिजबुल्लाह नेता कासिम नइमले यो वार्ता आफ्नो समूहलाई हतियार त्याग्न लगाउने रणनीतिक चाल मात्र भएको आरोप लगाएका छन् । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्यापछि हिजबुल्लाहले इजरायलमाथि श्रृङ्खलाबद्ध आक्रमण गर्दै आएको छ । इजरायली आक्रमणका कारण लेबनानमा मानवीय सङ्कट चुलिएको छ । पछिल्लो तथ्याङ्क अनुसार इजरायली सैन्य कारबाहीमा २ हजार ८० भन्दा बढी लेबनानी नागरिकको मृत्यु भइसकेको छ । इजराय...

इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने ट्रम्पको चेतावनीले तेल प्रतिब्यारेल १०० डलर नाघ्यो

Image
 काठमाडौँ – अमेरिका र इरानबीचको वार्ता कुनै निष्कर्षबिना टुङ्गिएपछि विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १०० डलर नाघेको छ । एसियाली बजार खुल्नेबित्तिकै इन्धनको मूल्यमा उच्च वृद्धि देखिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाहमा नाकाबन्दी गर्ने घोषणा गरेसँगै ऊर्जा बजारमा हलचल मच्चिएको छ । अन्तर्राष्ट्रिय मानक ब्रेन्ट क्रुडको मूल्य ८.५ प्रतिशतले बढेर प्रतिब्यारेल १०२.३७ डलर पुगेको छ । यस्तै, वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) ९ प्रतिशतले वृद्धि भई १०५.३४ डलर कायम भएको छ । गत साता वासिङ्टन र तेहरानबीच दुई साताका लागि ससर्त युद्धविराम र रणनीतिक महत्त्वको ‘स्ट्रेट अफ हर्मोज’ व्यापारिक मार्ग खोल्ने सहमति भएपछि तेलको मूल्य १०० डलरभन्दा तल झरेको थियो । तर, वार्ता विफल भएसँगै विश्वव्यापी ऊर्जा सङ्कट थप गहिरिने चिन्ता बढेको छ । विश्वको कुल ऊर्जा ढुवानीको पाँचौँ हिस्सा ओगट्ने यो समुद्री मार्ग अहिले युद्धको मुख्य केन्द्र बनेको छ । गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वका कारण यहाँबाट हुने ढुवानी ठप्प प्रायः छ । भारत र मलेसियाजस्ता केही मुलुकले आफ्ना जहाजका लागि सुरक...